कर्णाली प्रदेशको विकास नभएकोमा उपराष्ट्रपतिको चिन्ता


काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले कर्णाली प्रदेश विभिन्न स्रोत तथा साधनमा सम्पन्न भएर पनि विकास तथा समृद्धि कायम हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

जाजरकोट राष्ट्रिय प्रदर्शनी मूल आयोजक समितिले आयोजना गरेको सांस्कृतिक प्रदर्शनीमा उनले विभिन्न खनिज पदार्थ, जडीबुटीलगायत प्राकृतिक स्रोतलाई व्यावसायिकरुपमा सदुपयोग गरी कर्णाली क्षेत्रलाई सम्पन्न बनाउन सकिने बताएका हुन् ।

मौलिक संस्कृतिले धनी मध्यपश्चिममा रोग, भोक, गरिबीलगायत विभिन्न समस्यासँग स्थानीयवासीले संघर्ष गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढ्न चाहेको हुँदा सरकारले उचित वातावरणको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement