कर्णाली सरकारद्वारा ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट विनियोजन (पूर्णपाठ)


सुर्खेत – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार विनियोजन गरिएको छ । पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ ।

यसैगरी वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ । बजेटमा स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार, रोजगारी वृद्धि र आर्थिक क्षेत्रको पुनरुत्थानलाई प्राथमिकतामा राखिएको छ ।

महत्वाकांक्षी र नयाँ योजना समावेश नगरिएको बजेटमा पुरानै योजना तथा कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ५३ करोड ९३ लाख बजेट विनियोजन गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement