कर्णालीसँग ७ रनले हार्‍यो विराटनगर

कर्णालीसँग ७ रनले हार्‍यो विराटनगर


काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को तेह्रऔं खेलमा कर्णाली याक्सले जित निकालेको छ । कर्णालीले विराटनगरलाई ७ रनले हराएको हो ।

टीयु क्रिकेट मैदानमा कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १२६ रन मात्र बनायो ।

विराटनगरका लागि निकोलश किर्तनले सर्वाधिक ४० रन जोडे भने ओपनर लोकेश बमले १९ रन र दिपक बोहोरालो १८ रन बाहेक अरु बयाटरले दोहोरो रन जोड्न सकेनन् ।

कर्णालीका लागि नन्दन यादवले ३, विपिन शर्माले विकेट लिए भने सोमपाल कामी, विलियम बसिस्टो र युनिस ठकुरीले समान एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटीङ गरेको कर्णालीले २० ओभरमा १३३ रन बनाउँदै अल आउट भयो । कर्णालीका लागि सर्वाधिक बसिस्टोले ६६ रन जोडे ।यस्तै ओपनर देव खनालले ५३ रन बनाए । विलियम र देवले १ सय २ रनको साझेदारी बाहेक अरु ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।

विराटनगरका लागि प्रतिश जिसीले ४ विकेट लिए भने बसिर अहमद र क्रिस सोलेले समान २ २ विकेट लिए ।