करोडौं अनियमिततामा मन्त्रालय तानिएका आयल निगमका निर्देशक  खड्काले दिए राजीनामा


काठमाडौं – आयल निगमका विवादास्पद कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उनले बिहीबार राजीनामापत्र बुझाएका हुन्।

निगममा रहँदा खरिद गरेको जग्गामा करोडौं अनियमितता भएको खुलेपछि उनीमाथि छानबिन भएको थियो। लगत्तै उनलाई मन्त्रालयमा तानिएको थियो।

उनको कार्यकाल करिब ६ महिना बाँकि थियो राम्रो काम गर्दागर्देेै आफूलाई बदनियत जिम्मेवारविहिन गराएको भन्दै राजीनामाको घोषणा गरेको उनले बताएका छन् ।

जग्गा खरिदको विषयमा तत्कालीन संसदीय समिति र महालेखा परीक्षकको कार्यालयले समेत अनियमितता भएको टिप्पणी गरेका छन्। फिल्डमै खटिएको संसदीय समितिले निगमले चलनचल्ती भन्दा महँगो दरमा जग्गा खरिद गरेको, सार्वजनिक खरिद नियमावलीको प्रक्रिया अवलम्बन नगरेको र सार्वजनिक निकायका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने प्रक्रिया अवलम्बन नगरेको ठहर गरेको थियो।

सरकारले निगमको कार्यकारी निर्देशकबाट खड्कालाई गत असोज २ गते बर्खास्त गरे पनि सर्वोच्च अदालतको आदेशले असोज २२ मा उनी पुनर्वहाली भएका थिए। वहाली लगत्तै उनलाई सरकारले आपूर्ति मन्त्रालयमा हाजिर गराएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement