कार्तिक आर्यनले पुर्याए आफ्नो पारिश्रमिक ७ करोड


एजेन्सी – पछिल्लो समय बलिउडमा चर्चा कमाउन सफल नयाँ नायक कार्तिक आर्यनले आफ्नो पारिश्रमिक बढाउने भएका छन् । ‘प्यारका पन्चनामा’ बाट बलिउड छिरेका कार्तिकले आफ्ना फिल्म हिट भएको देखेर पारिश्रमिक बढाउन लागेका हुन् ।

‘भुलभुलैया २’ र ‘लभ आजकाल २’ मा व्यस्त कार्तिकले अब आफ्नो पारिश्रमिक ७ करोड बनाउने सोच बनाएका भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छ् ।

यसका अलावा उनको अभिनय रहेको फिल्म ‘पति पत्नी और वो’ डिसेम्बरमा रिलिज हुँदैछ । उनले पछिल्लो समय सैफ अली खानकी छोरी सारा अली खानसँग रोमान्स गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement