मधेस केन्द्रित ८ दलीय मोर्चाको कार्यदलले काम थाल्यो, ३ सदस्यीय ड्राफ्ट कमिटी गठन

मधेस केन्द्रित ८ दलीय मोर्चाको कार्यदलले काम थाल्यो, ३ सदस्यीय ड्राफ्ट कमिटी गठन


काठमाण्डु – मधेश केन्द्रित ८ दलीय मोर्चाको कार्यदलले आचारसंहित र साझा एजेन्डा तय गर्न ड्राफ्ट कमिटी गठन गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको कार्यदल बैठकले ८ दलीय मोर्चाको नाम, एजेन्डा, आचारसंहिता बनाउन ३ सदस्यीय ड्राफ्ट कमिटी गठन गर्ने निर्णय गरेको लोसपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

ड्राफ्ट कमिटीले खाका तयार गरेपछि कार्यदलमा छलफल गरेर पारित गरिनेछ । कार्यदलबाट पारित भएपछि मधेश केन्द्रित ८ दलको शीर्ष तहमा प्रस्तुत गरी आवश्यक निर्णय लिइने कर्णले जानकारी दिए ।

बिहीबार बसेको ८ राजनीतिक दलको बैठकले सहकार्यको वातावरण निर्माण गर्न र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको थियो । कार्यदलमा जसपा नेपालबाट मनिष सुमन, लोसपाबाट लक्ष्मणलाल कर्ण, जनमतबाट शरत् सिंह यादव, जसपाबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट शिवजी यादव र तमलोपाबाट ब्रजेस सिंह सदस्य छन् ।