कश्मीरमा भाजपा नेताको गोली हानी हत्या


एजेन्सी – जम्मू कश्मिरको अनंतनागमा भारतीय जनता पार्टी (भाजपा)का नेता गुल मोहम्मद मिरको गोली हानी हत्या गरिएको छ ।  चरमपन्थी समूहले शनिबार राति भाजपा नेता गुल मोहम्मदको हत्या गरेका हुन् ।

उनी अनंतनाग जिल्लाका भाजपा उपाध्यक्ष थिए । अनंतनाग लोकसभा सिटमा आमचुनाव हुने दुई दिनअघि यो घटना भएको हो । सोमबार त्यहाँ मतदान हुँदैछ । जिल्लाको पार्टी उपाध्यक्षसमेत रहेका६० वर्षीय मोहम्मद गोली लागेर गम्भिर घाइते भएका थिए स्थानीय अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement