काठमाण्डु-भारतको कश्मीरमा भएको आतंवादी आक्रमणमा मृत्यु भएको एक नेपालीको ठेगाना खुलेको छ ।
उनी कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मारिएका हुन् ।
मृत्यु हुनेमा बुटबलमा सुदीप न्यौपाने रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । न्यौपाने रुपन्देहीको बुटवल उपमहानगरपालिकाको बासिन्दा रहेको खुलेको छ । मृतक धरानमा इन्जिनिअरिङ विषय अध्ययरत विद्यार्थी थिए।
उनी ४ दिनअघि शनिबारमात्र आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएको थिए ।
परराष्ट्रमन्त्री डा. आरजु राणाले एक्समार्फत मृतक रुपन्देहीको बुटवल –११, कालिकानगरका सुदीप न्यौपाने रहेको जनाएकी छन् ।
यस्तै बुटवल उपमहानगरपालिका– १४ का वडाअध्यक्ष दधिराम न्यौपानेले पनि आक्रममा २७ वर्षीय न्यौपानेको मृत्यु भएको पुष्टि गरेका हुन्।
वडा अध्यक्ष न्यौपानेका अनुसार सुदीप गत शनिबार परिवारसहित कश्मिर घुम्न गएका थिए। सुदीपको शव नेपाल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए। परिवारका अन्य सदस्य भने सकुशल रहेका छन्।
आमा रिमा पाण्डे, बहिनी सुष्मा र ज्वाइ उज्ज्वल काफ्लेसहित कश्मिर गएका सुदीपमाथि बन्दूकधारीहरूले अचानक आक्रमण गरेको वडाअध्यक्ष न्यौपानेले बताए ।
आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएको छ ।
आक्रमणमा एक नेपाली घाइते भएकी छन् । उनको नाम रेनु पाण्डे हो । उनको अवस्था स्थिर रहेको छ । तर उनको ठेगाना खुलेको छैन ।
सैनिक पोशाकमा ५ जना बन्दुकधारीले पर्यटकीय क्षेत्रमा रमाइरहेका पर्यटकमाथि गोली चलाएका थिए ।


प्रतिक्रिया