कश्मिर घटनापछि पाकिस्तान र भारतका विदेशमन्त्री चीनमा, यस्तो छ चिनियां पोजिशन ?


बेइजिङ – भारतीय विदेशमन्त्री एस जयशंकर चीन भ्रमणको क्रममा बेइजिङ पुगेका छन् । पाकिस्तानका विदेशमन्त्रीले चीन भ्रमण पूरा गरी इस्लामावाद फर्किएको दोस्रो दिन भारतिय विदेशमन्त्री चीनको ३ दिने भ्रमणमा बेइजिङ पुगेका हुन् । उनले चीन भ्रमणका क्रममा चिनियां विदेशमन्त्रीसहित उच्च अधिकारीसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।  कश्मिरको मुद्दालाई लिएर भारत पाकिस्तानबीच तनाव वढिरहेका बेला दुवै देशका विदेशमन्त्री बेइजिङ पुग्नुलाई अर्थपूर्ण रुपमा लिईएको छ । 

चिनियां राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच असोजमा हुने दोस्रो अनौपचारिक शिखर सम्मेलनका बारेमा छलफल गर्न जयशंकर चीन भ्रमणमा निस्केको भारतिय संचारमँध्यमले जनाएका छन् । विदेशमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा निस्केका जयशंकर चीन मामलाका विशेषज्ञ समेत हुन् । उनी २००९ देखी २०१३ सम्म चीनका लागी भारतिय राजदूतका रुपमा कार्यरत थिए ।  जयशंकरले आजै  चिनियां समकक्षी वान यी संग द्वीपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले विदेशमन्त्रीको भ्रमणका क्रममा दुई देशबीच हुने उच्चस्तरीय भ्रमणको बारेमा छलफल हुनुका साथै संस्कृति तथा जनता जनताबीचको आदान प्रदानसम्बन्धी भारत–चीन उच्च स्तरीय संयन्त्रको बैठकको जयशंकरले चिनियां विदेशमन्त्रीसंग सह अध्यक्षता गर्ने छन्।

सन् २०१८ अप्रिलमा चीनका वुहानमा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भएको पहिलो अनौपचारिक शिखर सम्मेलनपछि उक्त संयन्त्रको स्थापना भएको हो ।  चीन भ्रमणको क्रममा सोमबार विहानै विदेशमन्त्री जयशंकरले चिनियां उपराष्ट्रपति वांग कुईसानसंग समेत भेटवार्ता गरेका छन् । भेटमा चिनियां उपराष्ट्रपति वांगले भारितय विदेशमन्त्रीको भ्रमणले दुई देशबीचको द्धिपक्षिय सम्बन्ध मजबुत हुने विश्वास व्यक्त गरे । 

उनले जयशंकरलाई सवैभन्दा बढी समय वस्ने भारतिय राजदूत रहेकोमा आफु जानकार भएको भन्दै भारत र चीनको सम्बन्ध सुदृढ गर्न खेलेको भुमिकाको प्रशंसा गरेका थिए । जयशंकरले आफु लामो समयपछि फेरी बेइजिङ आउन पाउंदा खुसी लागेको भन्दै विश्वमा स्थायीत्वका लागी भारत र चीनबीच सहकार्य आवश्यक रहेको धारणा राखे । 

भारतले जम्मु तथा कस्मिरलाई दिदैं आएको विशेष राज्यको दर्ता खारेज गरेपछि पाकिस्तानी विदेशमत्री शाह महोम्मद कुरैसी बेइजिङ पुगेका थिए । उनको भ्रमण विशेष तथा आपत्कालीन भएको चिनियां सञ्चार माध्यमहरुले दावी गरेका थिए । पाकिस्तानी विदेशमन्त्रीको भ्रमणका क्रममा चिनले भारतले एकपक्षीय रुपमा गरेको निर्णयले पुरै क्षेत्रको शान्तिमा असर पार्ने धारणा राखेको थियो । कस्मिरबाट विभाजन गरेर निर्माण गरिएको लद्दाखमा आफ्नो भूभाग समेत राखिएको भन्दै चीनले आपत्ति जनाएको थियो । दुवै देशबीच लद्दाख क्षेत्रमा सीमा विवाद रहेको छ।

भारतिय विदेशमन्त्रीको भ्रमण पुर्वनिर्धारित भएपनि कश्मिरको मुद्दामा पनि दुवै देशका विदेशमन्त्रीबीच छलफल हुने कार्यक्रम छ ।  त्यसका साथै चिनियां राष्ट्रपतिको भारत भ्रमणको ऐजेण्डा समेत प्राथमिकतामा छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement