एमाले कास्कीको अध्यक्षमा बैनबहादुर निर्वाचित, नेता खगराज निकटको वर्चस्व


पोखरा – नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन् ।

एमाले कास्कीको आज बुधबार सम्पन्न ११औं अधिवेशनमा निकटम प्रतिस्पर्धी माधव बास्तोलालाई २०४ मतले हराउँदै क्षेत्री अध्यक्ष निर्वाचित भएका छन् ।

स्थायी कमिटी सदस्य खगराज अधिकारी निकट मानिने क्षेत्रीले ५५१ र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट मानिने बास्तोलाले ३४७ मत पाएका छन् । अध्यक्षका अर्का उम्मेदवार विवेक त्रिपाठीले १७ मत ल्याएका छन् ।

निर्वाचनमा अध्यक्षसहित सबै पदाधिकारीमा खगराज पक्षकै उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा भेषराज बराल ५२७ मत, सचिवमा दर्शन लामा ५९७ मत, उपसचिवमा लालबहादुर परियार ५८१ मत र सन्तु सुवेदी ५१० मत ल्याएर विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement