पोखरामा महिलालाई वेश्यावृतिमा लगाउने तीन जना पक्राउ


कास्की – प्रहरीले मानव बेचविशनको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी वेश्यावृतिमा संलग्न गराउने उदेश्यले शरिर बन्धक बनाउने एवं शारीरिक तथा मानिसक यातना दिने ३ जनालाई पक्राउ गरेको हो ।

विभिन्न जिल्लाहरुबाट २ जना महिलालाई वैदेशिक रोजगारीमा पठाउने भनि ल्याई पोखरा महानगरपालिका–६ लेकसाईड स्थित विभिन्न प्रलोभनमा पारि जबरजस्ती वेश्यावृतिमा संलग्न गराउन मोलमलाई गरिरहेको साथै ती महिलाहरुलाई शारीरिक तथा मानिसक यातना समेत दिईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरि पीडित दुवैजना महिलालाई उद्दार गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको मादि गाउँपालिका–१ खेलुङ बस्ने २१ वर्षीय जिवन नेपाली, पोखरा महानगरपालिका–४ बस्ने ३० वर्षीय अन्जु गुरुङ र जिल्ला काभ्रे पाँचखाल–४ बस्ने २६ वर्षीय आशिष भुजेल रहेका छन् ।

पक्राउ परेका युवाहरुमाथि मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत मुद्धा दर्ता गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement