कश्मीरमा कफ्र्यु तोडेरै प्रदर्शन : ‘वी वान्ट फ्रिडम’


श्रीनगर : कश्मीर काण्डबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको पर्सीपल्ट अगस्ट १० मा कश्मीरमा भव्य आन्दोलन सहितको एक भिडियो सार्वजनिक भएको छ । टेलिफोन लगायत सञ्चार विच्छेद गर्दै कफ्र्यू लगाइएको कश्मीरमा हजारौं नागरिक सडकमा उत्रिएर आन्दोलन गरेको भिडियो बिबिसीले सार्वजनिक गरेको हो ।

आज शनिबार कश्मीरमा भइरहेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीले अश्रूग्यास प्रहार गरिरहेको छ । बिबिसीले सार्वजनिक गरेको भिडियोमा हजारौं मानिस सडकमा देखिन्छन् । उनीहरु भारतविरुद्ध नारावाजी गरिरहेका देखिन्छन् । ‘गो इन्डिया गो ब्याक’, ‘वी वान्ट फ्रिडम’ जस्ता नारावाजी उनीहरुले लगाइरहेका छन् । भारत सरकारले कश्मीरको विशेषाधिकार खारेज गरिदिएपछि नै यहाँ आन्दोलन हुँदैआएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement