…जहाँ दुई कट्टर दुस्मन सेना हतियार ताकेर आमुन्नेसामुन्ने हुन्छन्


एजेन्सी – भारतीय सेनाका एक अवकाशप्राप्त अधिकारीले कश्मीरस्थित नियन्त्रणरेखामा दुई सेनाबीच हुने गोली हानाहानको अवस्था उजागर गरेका छन् । “सुरुमा हामी एकअर्का्विरुद्ध लाइट मशीन गनबाट गोली हानाहान गर्छौँ। त्यसपछि मिडियअम मशीन गनको प्रयोग हुन्छ। अनि मोर्टार आक्रमण हुने गर्छ।

केही वर्षयता हामीले दुवै पक्षबाट आर्टिलरी प्रयोग हुन थालेको पाएका छौँ। जब स्थिति बिग्रन थाल्छ अनि हाम्रा वरिष्ठ कमान्डरहरूले पाकिस्तानी समकक्षीसँग कुरा गरेर स्थिति साम्य पार्न प्रयास गर्छन्।“ दोहोरो गोलाबारी हुंदा सीमाका दुवैतिर बस्ने नागरिहरू सबैभन्दा धेरै मारमा पर्छन् । परमाणु शक्तिसम्पन्न प्रतिद्वन्द्वी भारत र पाकिस्तानका झन्डै १० सैनिक विवादित क्षेत्रमा केही मिटरको दुरीमा आमन्नेसामुन्ने परिचाालित छन्।

यो क्षेत्र विश्वकै सबभन्दा धेरै सैनिक परिचालित क्षेत्रमा पर्दछ । शत्रुको बन्दुकको छायामा निरन्तर त्यसरी काम गर्नु, खानु र सुत्नुपर्दा कस्तो अनुभव हुन्छ भन्नेबारे भारत र पाकिस्तानका दुई अवकाशप्राप्त अधिकारीहरूले बीबीसीसँग आफ्नो धारणा व्यक्त गरेका छन्। “सबैलाई शान्ति मन पर्छ। शान्ति एउटा आदर्श हो। “सिमानामा कहिले पनि स्थिति एकनासको हुँदैन। खतरापूर्ण अनि चलायमान स्थिति रहन्छ। हामीहरू उनका चौकीमाथि हावी हुन खोज्छौँ र उनीहरू हाम्रा चौकी कब्जा गर्न खोज्छन्,“ भारतीय सेनाका अवकाशप्राप्त अधिकारी कर्नेल मुरुगानन्थमले भने।

“दुईबीचको सङ्घर्ष कहिल्यै सकिँदैन। जसले उँचो भूभागमा पकड जमायो उसैले त्यो क्षेत्रमा आधिपत्य जमाउँछ,“ उनले भने।सेकेन्ड लेफ्टिनेन्ट हुँदा युवावस्थामा मुरुगानन्थम (उनी यही नाम प्रयोग गर्छन्) भारत र पाकिस्तान(प्रशासित कश्मीरलाई छुट्ट्याउने नियन्त्रणरेखामा खटिएका थिए। “त्यो सन् १९९३ को बेला थियो, त्यो समय पाकिस्तानले भारतमा विद्रोहीको घुसपैठ गराउन खोजिरहेको थियो। अग्रमोर्चामा रहेका हामीहरूको जिम्मेवारी भनेको तिनलाई रोक्नु थियो। जबजब उतापट्टिबाट गोली चल्थ्यो तबतब हामीलाई थाहा हुन्थ्यो कि उनीहरू घुसपैठ गर्नेहरूलाई सजिलो बनाइदिने प्रयास गरिरहेका छन्। त्यतिखेर हामी थप चनाखो हुन्थ्यौँ र घुसपैठ गर्नेहरूलाई खोज्थ्यौँ।“

सजग
सुरुमा पाकिस्तानले उसले विद्रोहीहरूलाई केवल नैतिक समर्थन गरेको बतायो। तर तीव्र अन्तर्रा्ष्ट्रिय दबावपश्चात् उसले भारतमा आतङ्कवादी आक्रमण गर्न जिम्मेवार व्यक्ति तथा संस्थाविरुद्ध कारबाही गर्न स्वीकार र्गयो।

दुवै पक्ष उँचो भूभाग कब्जा गर्न कोसिस गर्छन्
“कश्मीरमा युद्धविराम भएको बेला म त्यहाँ खटाइएको थिएँ। तर पनि हामी उच्च सतर्कतामा रहन्थ्यौँ,“ नाम बताउन नचाहने एक अवकाशप्राप्त पाकिस्तानी कर्नेलले बताए। हालसालै पाकिस्तानले छानिएका २६ अवकाशप्राप्त अधिकारीबाहेक अन्यलाई सञ्चारमाध्यमको सम्पर्कमा आउन प्रतिबन्ध लगाएको छ। तिनै छानिएकामध्ये कसैसँग कुरा गर्न बीबीसीले पाकिस्तानी सेनामार्फत् गरेको प्रयास सफल भएन।

त्यसैले बीबीसीले सम्पर्क गरेका ती पाकिस्तानी अधिकारीले उनले सन् २००६ देखि २००८ का बीचमा ती भारतीय अधिकारी खटिएकै क्षेत्र पुँछमा खटिएको बेलाको अनुभव सुनाए। तर नाम नबताउने सर्तमा। “केही चौकीहरू बडो प्रभावकारी रूपमा लुकाइएका हुन्छन् र ती खासै देखिँदैनन्। तर हामीलाई थाहा हुन्छ ती त्यहाँ छन् भनेर।“

शत्रुको सामना
शत्रुको त्यति नजिक बस्नु सहज विषय होइन।भारतीय सेनामा सैनिक तथा युवा अधिकारीहरूलाई सामान्यतया एक वा दुई महिनाका लागि अग्रमोर्चामा खटाइन्छ। त्यहाँ शत्रुपक्षसँग आमुन्नेसामुन्ने हुनुपर्छ।सघन गोली हानाहान भएका बेला दुवै पक्षले सिमानाका गाउँलेहरूलाई सुरक्षित स्थानमा सार्छन् ।

“हामीबीचको दुरी केवल डेढ सय मिटर थियो। मैले उनीहरूले आफ्ना हतियार सफा गरिरहेको समेत प्रस्टसँग देख्न सक्थेँ,“ कर्नेल मुरुगानन्थमले सम्झिए। “अर्को समयमा, म अलि होचो भूभागमा थिएँ। मैले उनीहरूको गतिविधि प्रत्यक्ष नदेखे पनि उनीहरूले निरन्तर हामीलाई निगरानी गरिरहेको मलाई थाहा थियो।“

“हुन त डर भनेको एक किसिमले स्वाभाविक भावना हो तर मेरो सैनिक प्रशिक्षणले मलाई शान्त रहन सघायो। मैले मअन्तर्गत रहने सैनिकलाई डराएको देखाउनु पनि त भएन। जेजस्तो भए पनि हामीसँगै चौकीमा रहनुपर्छ भनेर म लेसैनिकहरूलाई भन्थेँ।“

“म एक रात भारतीयहरूको सामुन्ने रहेको एक चौकीमा थिएँ,“ पाकिस्तानी कर्नेलले भने। “त्यो यस्तो वातावरण थियो जसमा अभ्यस्त भएको खण्डमा त्यसले तपाईँलाई बलियो बनाउँछ।““मेरा सैनिक मेरो जिम्मामा थिए। त्यसले थप दबाव हुन्थ्यो।“  बीबीसी नेपाली

प्रतिक्रिया दिनुहोस
Advertisement