शनिबार उपत्यकाको मौसम खुल्यो


काठमाण्डु –  काठमाण्डु उपत्यकाको मौसम शनिबार खुलेको छ । शनिबार काठमाण्डु उपत्यकाको मौसम खुलेको छ । आज बिहानैदखि उपत्यकाको वातावरण घमाइलो बनेको छ । पछिल्लो समय राजधानीमा निरन्तर वर्षा भएको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको मौसममा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्युन चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भुभागमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।

साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ । मौसममा फेरबदल हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement