तिहारमा काठमाण्डु नगर प्रहरीले राति १ बजेसम्म गस्ती गर्ने


काठमाण्डु – काठमाण्डु महानगरपालिकाको नगर प्रहरीले तिहारका बेला गस्ती गर्ने भएको छ ।

शनिवार पत्रकार सम्मेलन गरी काठमाण्डु महानगरपालिकाले नेपालीहरूको महान पर्व तिहारलाई भव्य र सुरक्षित रूपमा सम्पन्न गर्न साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने जनाएको छ ।

शान्ति सुरक्षाका लागि तिहारमा राति १ बजेसम्म नै महानगरपालिकाले गस्ती गर्ने नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । उनले देउसीभैलोको समयमा १ बजेसम्म ४ क्षेत्रबाट गस्ती हुने बताए । शान्तिपूर्वक देउसी भैलीमा महानगर प्रहरीले सहजीकरण गर्ने उनले बताए ।

महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको फूललाई महानगरभित्र प्रवद्र्धन र सहुलियत गर्न ४ ठाउँमा स्टल राख्ने उनले बताए । ४ ठाउँमा मखमली, सयपत्री लगायतका फूलको बिक्रीका लागि महानगरभित्र सहजीकरण गर्ने उनले बताए ।

भृकुटीमण्डप, तीनकुने, बालाजु र हाँडीगाउँमा नेपाली कृषकले उत्पादन गरेका फूलहरूका लागि महानगरले बिक्रीमा सहजीकरण गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement