काठमाण्डु अपडेट : बालेनको अग्रता कायमै


काठमाण्डु- काठमाण्डु महानगरपालिकाको मतगणना जारी छ ।  जार मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । हालसम्म १७० भोटको गणना सकिएको छ ।

नतिजा अनुसार बालेन शाहले ५९ मत ल्याएर अग्रस्थानमा छन् भने दोस्रो स्थानामा रहेकी कांग्रेसकी सिर्जना सिंहले ३८ भोट ल्याएकी छन् भने तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितको २२ मत छ ।

शाहले अग्रता लिएपछि उनका समर्थकहरूले नाराबाजी गर्न थालेका छन् । सुरुवाती अग्रता लिइरहेका बेला उनका समर्थकहरूले ‘जित कसको रु बालेनको’ भन्दै नाराबाजी गर्न थालेका हुन् ।

समर्थकहरूले बालेन शाह एउटा अभियान भएको भन्दै उनको अभियानमा आम जनता सहभागी भइरहेको बताएका छन् । बालेन शाहको अग्रताले देशभर नै तरंग ल्याइरहेको उनीहरूको तर्क छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement