काठमाण्डु उपत्यकामा थपिए ७५५ जना कोरोना संक्रमित


काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना रहेका छन् ।

यस्तै बुधबार ६ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ४ सय ९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना रहेका थिए ।

यो सहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या १९ हजार ३ सय २६ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement