काठमाण्डु उपत्यकामा थपिए २३८८ जना कोरोना संक्रमित


काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा २००८ , ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना रहेका छन् ।

आइतबार काठमाण्डु उपत्यकामा १६ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा १४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना रहेका थिए

योसहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या ५६ हजार ५ सय ३९ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement