काठमाडौंमा पहेंलो रङका पास खारेज, निलो रङलाई प्रवेश अनुमति


काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ पास जारी गर्ने भएको छ ।  शुक्रबार जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै यसअघिका ई–पास र पहेंलो रङका पास खारेज गरिएको र अब जारी गरिने पास निलो रङको हुने उल्लेख गरेको छ ।

अब काठमाडौँमा निर्माण सामग्री बोकेका सवारी साधन राति ८ बजेपछि बिहान ६ बजेसम्म मात्रै सञ्चालन हुन पाउने प्रशासनले जनाएको छ ।

त्यस्तै प्रशासनले अत्यावश्यक सेवाका एम्वुलेन्स, शव बाहन, औषधी तथा स्वास्थ्य सामग्रीहरु, सबै प्रकारका औधोगिक कच्चा पदार्थ र तयारी मालबस्तु बोकेका सवारीलाई पास आवश्यक नपर्ने बताएको छ ।

यस्तै पेट्रोलियम पदार्थ, ग्याँस, सबै प्रकारका खाद्य वस्तु, पशुपंक्षिजन्य आहारा, खसी बोका, राँगा, कुखुरा, माछा, तरकारी, फलफूल, निर्माण सामग्रहरु बोकेका सवारीसाधनहरु पासबिनै सञ्चालन हुन पाउने प्रशासनले जनाएको छ ।

यी बाहेकका सवारी र पैदलयात्रुसमेत पासबिना काठमाडौं प्रवेश गर्न पाउने छैनन् । काठमाडौं मूलसकडदेखि भित्री सडक तथा गल्लीहरुमा कुनै पनि बहानामा भिडभाड नगर्न अनुरोध गरिएको छ । यसरी भिड गरेको पाइएमा सुरक्षाकर्मीले नियन्त्रणमा लिन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement