काठमाण्डु-हेटौंडा जोड्ने कान्ति लोकपथ अवरूद्ध

काठमाण्डु-हेटौंडा जोड्ने कान्ति लोकपथ अवरूद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बाढीले डाइभर्सन बगाएपछि काठमाण्डु–हेटौडा जोड्ने कान्ति लोकपथ अवरूद्ध भएको छ ।

गएरातिको पानीले बागमती खोलामा बाढी आएर डाइभर्सन बगाएपछि सडक अवरूद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमाना रहेको बागमती खोलामा बनाइएको डाइभर्सनबाट गाडी सञ्चालन हुँदै आएको थियो ।

बाढीले बगुवा खोलाको डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

बगुवा खोलास्थित बागमती पुलको एक भाग गत असोजमा आएको बाढीले बगाएको थियो। पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेको थियो।