ज्याकारान्डाले सजियो काठमाण्डु, हेर्नुस् तस्वीरमा


काठमाण्डु – बसन्त ऋतुमा वन जङ्गल मात्र होइन, सहर पनि केही मात्रामा सजिन्छन्। गर्मी बढेसँगै बोटबिरुवाहरुको पालुवा र मुना पलाउँदै फूलहरु फुल्न थालेका छन् ।

‘वसन्त ऋतुमा फूल्छन फूलै फूल’ सानो छँदा मुखाग्र बनाएको यस कविताको तात्पर्य त्यसवेलाको कलिलो मस्तिष्कले केलाउन नसकेपनि अहिले राजधानीका सडक, गल्ली चहार्दै गर्दा यही कविताले वेलावेला घच्घचाइरहन्छ ।

कारण हो, ज्याकारान्डा फूल । जसको पूरा नाम हो ज्याकारान्डा मिमोसिफोलिया । काठमाण्डुको घन्टाघर, रत्नपार्क, भृकुटिमण्डप, बबरमहल लगायतका सडकलाई झपक्कै छोपेको यस फूलको दृश्यले ।

प्रतिक्रिया दिनुहोस
Advertisement