महानगरले भत्कायो काठमाण्डु मलअगाडिको अवैध संरचना


काठमाण्डु- काठमाण्डु महानगरले सुन्धारास्थित काठमाण्डु मलअगाडि बनाइएका अवैध संरचना भत्काएको छ ।

बुधबार बिहान डोजर प्रयोग गरी भवन भाडामा लिएर नक्सापासविपरीत बनाइएका संरचना भत्काइएको महानगरले जनाएको छ । संरचना भत्काउन मेयर बालेन्द्र साह र महानगरीय ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पनि पुगेका थिए ।

कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मलअगाडि अनधिकृत रूपमा संरचना बनाई व्यवसायिक प्रयोजनका लागि प्रयोग भैरहेको थियो । महानगरले यसअघि बानेश्वर क्षेत्रका घरका अण्डरग्राउण्ड पार्किङमा थापिएका संरचना भत्काएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement