काठमाण्डु- काठमाण्डु महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत विद्यालयहरूमा कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति आव्हान गरेको छ ।
महानगरले शैक्षिक सत्र २०८२–०८३ का लागि परीक्षा प्रणालीमार्फत बुधबारदेखि छात्रवृत्ति उपलब्ध गराउन लागेको हो ।
इच्छुक विद्यार्थीहरूले १८ असारदेखि २७ असारसम्म अनलाइन आवेदन फाराम भर्न सक्ने छन् । प्रवेश परीक्षा ३ साउन बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने छ ।
महानगरपालिकाको वेबसाइट entrance.kathmandu.gov.np बाट अनलाइन आवेदन दिन सकिने छ ।
विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र सम्बन्धी विस्तृत विवरण पछि प्रकाशन गरिनेछ । थप जानकारीका लागि काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट www.kathmandu.gov.np हेर्न सकिने छ ।
प्रतिक्रिया