काठमाण्डु महानगरमा ७५ भोट गन्दा बालेनको अग्रता


काठमाण्डु- काठमाण्डु महानगरपालिकाको मतगणना जारी छ । स्थानीय तहको निर्वाचन अन्तर्गत वडा नम्बर १ र ३२ को मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका हुन् ।

अहिलेसम्म ७५ भोट गन्दा बालेनले अग्रता लिएका छन् । नतिजा अनुसार मेयर पदमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन) ले २२ मत पाएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार सिर्जना सिंहले १८ मत प्राप्त गरेकी छन् । नेकपा (एमाले)का उमेदवार केशव स्थापितले १३ मत पाएका छन् । राप्रपाका मेयर पदका उमेदवार मदनदास श्रेष्ठले तीन मत ल्याएका छन् । अहिले मतगणना जारि छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement