एमालेबाट काठमाण्डुको मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता


काठमाण्डु – नेकपा एमालेबाट काठमाण्डु महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी मनोनयन दर्ताको दोस्रो दिन सोमबार जुलुससहित भृकुटीमण्डस्थित राष्ट्रिय सभागृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

स्थापित काठमाण्डु महानगरको पूर्व मेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुन् भने डंगोल पूर्व मिस नेवा हुन् । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा स्थापित काठमाण्डु महानगरको मेयरमा निर्वाचित भएका थिए । यसपटक पनि एमालेले पूर्वमेयर स्थापितलाई नै काठमाण्डु मेयरमा अघि सारेको हो ।

त्यस्तै कलाकार मदनदास श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाण्डु मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले श्रेष्ठलाई काठमाण्डुको मेयरमा उठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement