स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि काठमाडौं मेडिकल कलेज बन्द


काठमाडौं – सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिकसमेत सबै सेवा बन्द गरिएको छ ।

अस्पतालले प्रकाशन गरेको सूचनाअनुसार अस्पतालमा कार्यरत २ स्वास्थ्यकर्मी र २ अन्य बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना पुष्टि भएका विभागमा निर्मलीकरण गर्नुपर्ने भएकाले अर्को सूचना नआउन्जेलका लागि अस्पतालका सबै सेवा बन्द गरिएको जानकारी दिएको हो ।

संक्रमण फैलिने जोखिम भएकाले आकस्मिकसमेत सबै उपचार सेवा बन्द गर्न बाध्य भएको अस्पतालले जनाएको छ ।

‘दुई जना स्वास्थ्यकर्मीहरूलाई कोभिड पोजेटिभ देखिएको हुँदा संक्रमण जोखिमका दृष्टिले हाल यस अस्पतालबाट प्रभाहरत आकस्मिक लगायतका विभागहरूमा निर्मलीकरण गर्नुपर्ने अवस्था आएकोले सम्पूर्ण सेवाहरू अर्को सूचना प्रकाशित नभइन्जेल सम्मको लागि स्थगित गरिएको जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement