गुणस्तरहिन भएको भन्दै काठमाडौं स्टिलका डण्डी प्रयोगमा रोक लगाईयो


काठमाडौं-डन्डीको गुणस्तर नभएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौं स्टील प्रालिलाई डन्डी उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ। विभागले ल्याब परीक्षण गर्दा उक्त कम्पनीको डन्डी गुणस्तरहीन रहेको पाइएपछि कम्पनीलाई प्रदान गरेको एनएस चिन्ह खारेज गर्दै उत्पादन र बिक्रीमा रोक लगाएको हो।

विभागका अनुसार काठमाडौं स्टील प्रालि नवलपरासीद्वारा उत्पादन हुने एफई ५०० ग्रेडको ८ मि.मि., १२ मि.मि. र १६ मि.मि. साइजका फलामे डन्डीको नमुना विभागको प्रयोगशालामा परीक्षण गराउँदा भौतिक चारित्रिक गुण (टेन्साइल प्रपर्टी ) नेपाल गुणस्तर १९१ बमोजिम नपाइएकाले उक्त उद्योगलाई एफई ५०० ग्रेडका लागि प्रदान गरिएको इजाजतपत्र विभागको जेठ २२ गतेको निर्णयअनुसार खारेज गरेको छ।

काठमाडौं स्टील प्रालि नवलपरासीद्वारा उत्पादन हुने एफई ५०० ग्रेडको ८ मि.मि., १२ मि.मि.र १६ मि.मि. साइजका फलामे डन्डीको ल्याब परीक्षण गराउँदा टेन्साइल प्रपर्टी पाँच सय हुनुपर्नेमा साढे चार सयमात्रै भएको भेटिएकाले सो कारबाही गरिएको विभागले जनाएको छ, टेन्साइल कम हुँदा भारवहन क्षमता कमजोर हुने हुँदा पूर्वाधार कमजोर भई उच्च जोखिमयुक्त हुने भएकाले एनएस चिन्ह खारेज गर्दै कम्पनीको उत्पादन तथा बजारमा रहेको सामग्रीको समेत बिक्री वितरणमा रोक लगाइएको हो। आजको समाचारपत्र दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement