काठमाडौंपाटीको समाचार अब भाइबरमार्फत पढ्न सकिने


काठमाडौं – आरबी मिडिया हाउस प्रा.ली.बाट संचालित काठमाडौंपाटी डटकमका समाचार भाइबरबाट पढ्न सकिने भएको छ । अब पाठकहरुले काठमाडौंपाटीबाट प्रकाशित हुने सबै समाचारहरु भाइबारमार्फत आफ्नो मोबाइलमै पढ्न सक्ने भएका हुन् ।

सुरक्षा र कुटनीति क्षेत्रको पहिलो अनलाइन पत्रिका रहेको काठमाडौंपाटीले पाठकलाई थप सुविधा दिने हेतुले भाइबर कम्युनिटीबाट समाचार पढ्न सकिने सुविधा प्रदान गर्न लागेको हो । भाईबार प्रयोकर्ताले आफ्नो भाइबर एपको सर्च बारमा काठमाडौंपाटी टाइप गरेर पनि काठमाडौंपाटी डक कमको कम्युनिटीमा जोडिन सक्नुहुनेछ । त्यसका यसमा जोडिएका प्रयोगकर्ताले अरुलाई पनि यसमा आवद्ध गर्न सक्ने सुविधा छ ।

काठमाडौंपाटीले सुरक्षा, कुटनीति, राजनीतिलगायत समाजमा घटेका सत्यतथ्य विषयवस्तुलाई उजागर गर्दै आइरहेको छ । समाचारमा सहज पहुंचका लागि हामीले पाठकहरुको भावनालाई मध्यनजर गर्दै भाइबर कम्युनिटी सुरु गरेका हौं ।

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement