नेकपा प्रवेश गर्ने तयारीमा करिश्मा मानन्धर


काठमाडौं – नयाँ शक्ति पार्टी नेपालबाट राजनीतिक करियर सुरु गरेकी नायिका करिश्मा मानन्धर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएकी छन् ।

नायिका मानन्धरले केही समयअघि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी परित्याग गरेकी थिइन् ।

नायिका मानन्धरले नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् ।

भेटका क्रममा पार्टी प्रवेशको विषयमा कुराकानी भएको प्रचण्डनिकट स्रोतले जानकारी दियो । करिस्माले भने नेकपा प्रवेशका बारेमा केही खलाएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement