कटुवाललाई अपहरण गरेको अभियोगमा दिपक भुजेलसहित आठ जना पक्राउ


काठमाडौं – लेनदेनको विषयमा एक व्यक्तिलाई अपहरण गरेको अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ का ४७ वर्षीय बिष्णु कटुवाललाई अपहरण गर्ने काभ्रेका २३ वर्षीय दीपक भुजेलसहित ८ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

उनीहरुलाई भक्तपुरको सल्लाघारीबाट जवरजस्ती अपहरण गरी नालाको बाटोहुँदै काभ्रेतर्फ लिएर गएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरी टोलीले धुलिखेलबाट पक्राउ गरेको हो।

सोही सुचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरी टोलीले धुलिखेल नगरपालिका-५ चौकोटबाट बा.५च ८७३५ नम्बरको कार, बा.७८ प ५०५ नम्वरको मोटरसाइकल र बा.३४प ५०० नम्बरको स्कुटर सहित उनीहरुलाई पक्राउ गरेको थियो । साथै कटुवाललाई सकुशल उद्धार समेत गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement