प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त


काठमाण्डु- मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । बुधबार अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब सम्हालिरहेका प्रवेशलाई नियुक्ति दिएको हो ।

प्रवेश कटुवालले कात्तिक ३० गते पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पनि राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । २०६१ सालमा थ्री स्टार क्लबबाट लिग फुटबल खेल्न थालेका उनले खेलाडी भएर मनाङ मस्र्याङ्दी, आरसीटी र मछिन्द्रबाट खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement