काभा च्याम्पियन्स लिग भलिबल नेपालमा हुने

काभा च्याम्पियन्स लिग भलिबल नेपालमा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काभा च्याम्पियन्स महिला लिग भलिबल नेपालमा हुने भएको छ । यो लिग आगामी कात्तिक १५ देखि २१ गतेसम्म नेपालमा आयोजना हुने भएको हो ।

नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले लिग नेपालमा गर्ने निर्णय गरेको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

बैठकले संघको २०८३–८४ को वार्षिक कार्यक्रम पारित गर्दै त्यसलाई सार्वजनिक गर्ने निर्णय समेत गरेको छ । साथै महासचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरि त्यसलाई अनुमोदन पनि गरिएको छ ।

यस्तै संघ स्थापना भएको ५०औँ वर्ष पुगेको अवसरमा यस वर्षलाई विशेष उत्साहका साथ ‘गोल्डेन जुबली’ का रूपमा भव्यताका साथ मनाउने निर्णय पनि गरिएको अध्यक्ष चन्दले जानकारी दिए ।