कावासोती नगरपालिकाका वडाहरु डुवानमा

कावासोती नगरपालिकाका वडाहरु डुवानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवलपरासी बर्दघाट सुस्ता पूर्व कावासोती नगरपालिका काक वडाहरु डुवानमा परेका छन् । लगातारको वर्षासंगै केरुङ्गे खोलामा आएको वाढी नगरपालिकाको विभिन्न वडाहरुमा पसेको हो ।

नगरपालिकाको बडा नं. ४ मा निर्माणधिन पुल भत्किएको छ भने कावासोती खानेपानीको मुख्य खानेपानी पाईपलाई वगाईदिएको छ । केरुङ्गे खोलामा बाढि आउदा कावासोती वडा नं. १ खोलाबाट गाडेर ल्याईएको कावासोति खानेपानीको पाईप बगाएको छ ।

महाराजा स्कुल हात्तीखोर नजिक केरुङ्गे खेलामा खानेपानीको पाईप बगाएको कावासोति खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भिम कंडलले जानकारी दिए । पाईपलाईन बगाए सगै कावासोति नगरपालिकाका वडा नम्बर ५ र ६ मा खानेपानी अवरुद्ध भएको छ ।

यस्तै वर्षाका कारण कावासोती नगरपालिकाको वडा न २,३, ४, १५ र १७ नम्बरका वडाहरु डुवानमा परेको नगरपालिकाका उप-प्रमुख प्रेम शंकर मर्दनियाले जानकारी दिए । नारायणी नदि र केरुङ्गे खोलामा बाढिका कारण वडाहरु डुवानमा परेका हुन् । कावासोती स्थित पुर्वपश्चिम राजमार्गपनि जलमग्न भएको छ ।