कायममुकायम प्रधानन्यायाधीसको जिम्मेवारी सम्हालेकाे छुः दिपकराज जोशी


काठमाडाैं- सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दिपकराज जोशीले कायममुकायम प्रधानन्यायधीसकाे जिम्मेवारी आफूले सम्हालेकाे बताएका छन्।  उनले पहिलो व्यक्तिको अवकाशपछि नेतृत्व स्वतः दोस्रोमा आउने बताउँदै स्वाभाविक रुपमा कायममुकायमको जिम्मेवारी सम्हालेको बताएका हुन् ।

न्याय परीषद सचिवालयले बर्खास्त गरेका प्रधानन्यायधीस गोपालप्रसाद पराजुलीले अब केही गर्न नसक्ने जोशीेले बताए । उनले भने,‘स्वाभाविक रुपमा कायममुकायमको जिम्मेवारी सम्हालेको छु । अब उहाँले गर्न सक्ने ठाउँ केही छैन, गर्नु पनि हुन्न । ’

न्याय परीषद सचिवालयले आज पराजुलीको नाममा एक पत्र काट्दै उनी बर्खास्त भएको घोषणा गरेको थियो । तर उनको बर्खास्ती र न्याय परीषदको अधिकारमा प्रश्न भने बढ्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement