केबीएल सेक्यूरिटिज लिमिटेडको धितोपत्र कारोबार औपचारिक रूपमा शुभारम्भ

केबीएल सेक्यूरिटिज लिमिटेडको धितोपत्र कारोबार औपचारिक रूपमा शुभारम्भ


काठमाण्डु – केबीएल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नम्बर ९४) ले औपचारिक रूपमा सोमबारदेखि धितोपत्र कारोबार शुभारम्भ गरेको छ ।

कुमारी बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराले कम्पनीको कारोबार शुभारम्भको उद्घाटन गरे ।

कार्यक्रममा केबीएल सेक्यूरिटिज लिमिटेड तथा कुमारी बैंक लिमिटेडका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताको उपस्थिति थियो ।

कारोबार शुभारम्भ गरेसँगै शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न केबीएल सेक्यूरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले बताए ।

केबीएल सेक्यूरिटिज लिमिटेड कुमारी बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त सीमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी संस्था रहेको छ ।