डाक्टर केसीका काठमाडौं आउन तयार,समर्थकमाथी प्रहरीको हस्तक्षेप


जुम्ला– जुम्लामा अनशनरत डा. गोविन्द केसी काठमाडौं आउन तयार भएका छन् । केसीका समर्थकमाथी प्रहरीले लाठी चार्ज गरेपछि उनी काठमाडौं आउन तयार भएका हुन् ।

अनशरत डाक्टर केसीको स्वास्थ्य अवस्था विग्रदै गएपछि सरकारले हेलिकप्टरसहित सरकारी टोलीलाई जुम्ला पठाएको थियो । तर, सरकारी टोलीलाई उनका समर्थकहरुले अवरोध गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।

सरकारी टोलीसहित अस्पताल पुगेका प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहलाई समेत अस्पताल प्रवेशमा रोक लगाइएको थियो ।
प्रहरीले उनका समर्थकमाथी लाठी प्रहार गरेपछि केसी सरकारी टोलीसंग काठमाडौं आउन सहमत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement