कञ्चनपुर वाणिज्य संघको अध्यक्षमा मल्ल निर्वाचित , पदाधिकारीमा भट्ट प्यानलको एकलौटी


महेन्द्रनगर– कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा जंगबहादुर मल्ल निर्वाचित भएका छन् । वाणिज्य संघको १६ औँ कार्यकारणी समितिका लागि शनिबार भएको निर्वाचनको मत परिमाण अनुसार मल्ल अध्यक्षमा निर्वाचित भएका हुन् ।

मल्लले आफ्नो प्रतिद्वन्दी सञ्जिवचन्द्र भट्टलाई २७७ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । मल्लले एक हजार ६५८ र भट्टले एक हजार ३८१ मत ल्याएका थिए । भट्ट नेतृत्वको प्यानलको पुरै पदाधिकारी प्यानल आएको छ, भने मल्लको आएको छैन् । मल्लका तर्फबाट मल्ल आफै र भट्टका तर्फबाट भट्ट नआएर पुरै अर्को प्यानल आएपछि बजारका व्यवसायी चर्कित भएका छन् ।

बरिष्ठ उपाध्यक्षमा पिताम्बर जोशी निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्वन्दी माधव प्रशाद जोशीलाई ४८८ मतले पराजित गर्दै बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । पिताम्बरले एक हजार ७३८ र माधवले एक हजार २५०मत ल्याएका थिए । वाणिज्य उपाध्यक्ष तर्फ मदन राज पन्त निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्वन्दी शुरेश गुरुङ्गलाई ३८३ मतले पराजित गर्दै वाणिज्य उपाध्यक्षमा निर्वाचित भएका हुन् । पन्तले एकहजार १६० र गुरुङ्गले ७७७ मत ल्याएका थिए ।

उद्योग उपाध्यक्ष तर्फ हेमराज जोशी निर्वाचित भएका छन् । जोशीले आफ्ना प्रतिद्वन्दी तेजसिह कार्कीलाई २५ मतले पराजित गर्दै उद्योग उपाध्यक्षमा निर्वाचित भएका हुन् । जोशीले ५२७ र कार्कीले ५०२ मत ल्याएका थिए ।

महासचिवमा बाबुदेव जोशी(बिनोद) निर्वाचित भएका छन् । जोशीले आफ्ना प्रतिद्वन्दी खगेश्वर बोहरालाई ६२मतले पराजित गर्दै महासचिवमा निर्वाचित भए । जोशीले एक हजार ५०९ र बोहराले एक हजार ४४६मत ल्याएका थिए ।

सचिवमा गणेश दत्त चटौत निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्वन्दी रञ्जना थापालाई २७ मतले पराजित गर्दै सचिवमा निर्वाचित भए । चटौतले एकहजार ५०२ र थापाले एकहजार ४७५ मत ल्याएकी थिईन् ।

कोषाध्यक्षमा निर्मला भट्ट (सापकोटा) निर्वाचित भएकी छिन् । उनले आफ्ना प्रतिद्वन्दी राहुल भट्टलाई २०१ मतले पराजित गर्दै कोषाध्यक्षमा निर्वाचित भईन् । निर्मलाले एक हजार ५८२ र राहुलले एक हजार ३८५मत ल्याएका थिए ।

यस्तै ७ सदस्यका लागि १६ जनाले उम्मेदवारी दिएका थिए । सदस्य तर्फ सबैभन्दा बढि मत ल्याउने ७ जना निर्वाचित भएका छन् । सदस्य तर्फ कृष्णदेव भट्ट (१४६३), कृष्णानन्द भट्ट (किरण) (१५२३), विवेकराज जोशी (बसन्त) (१५७१), यज्ञराज भट्ट(१७८२) धिरज बहादुर चन्द(१५५५), महेशराज जोशी(१३१९) र चेतराज जोशी(१५४३), निर्वाचित भएका छन् । संस्थागत सदस्य तर्फ यस अघि नै प्रेमसिह भाट निर्विरोध निर्वाचित भएका थिए । भाट यस अघि संघकै कार्यकारी अधिकृत थिए ।

संघका चार हजार ६६ कुल मतदाता मध्ये तीन हजार ८५ मत खसेका थिए । जसमध्ये ३७ मत मदर भएका थिए ।

अध्यक्षमा निर्वाचित भएका मल्ल र पराजित भएका भट्टसंघमा एकसाथ संघमा २०५८ सालमा प्रवेस गरेका थिए । बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी सदस्यबाट सिधै बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएर संघको ईतिहास रचेका छन् ।

उम्मेदवारी दर्ता गर्ने क्रममा निर्वाचित भएका मल्ल नेतृत्वको मुख्य पदका सबै पदाधिकारी पराजित भएका छन्, भने पराजित भएका भट्ट नेतृत्वका सबै पदाधिकारी निर्वाचित भएका छन् । सदस्यहरु कुन प्यानलका हुन भन्ने बारेमा अझै खुलेका छैनन् । निर्वाचित भएपछि संघका पदाधिकारीले महेन्द्रनगर बजारमा विजयी जुलुस निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement