काठमाण्डु– परराष्ट्रमन्त्री आरजु राणा देउवाले कैलालीमा बन्ने जालपादेवी केबलकारको शिलान्यास गरेकी छिन् ।
राणाले शनिबार कैलालीको चिसापानीमा केबलकारको शिलान्यास गरेकी हुन्।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानीदेखि कैलालीकै मोहन्याल गाउँपालिका वडा नम्बर ७ राजकाँडासम्म जोड्न ३.१ किमी दुरीको केबलकार निर्माण गर्न लागिएको हो।
आइएमई ग्रुपले बनाउने यो केबलकारमा ३४ वटा गोन्डोला हुनेछ। करिब ५ अर्ब रुपैयाँको लगानीमा यो केबलकार निर्माण गर्न लागिएको हो।
प्रतिक्रिया