बोलेको पूरा गरेन भने नेता र ज्योतिष उस्तै बन्छन् : पूर्वमुख्यमन्त्री कार्की

बोलेको पूरा गरेन भने नेता र ज्योतिष उस्तै बन्छन् : पूर्वमुख्यमन्त्री कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी – कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आफूले बोलेको कुरा पूरा गर्न सक्ने नेतृत्वलाई मात्र जनताले विश्वास गर्ने बताएका छन् ।

सोमबार विश्व ज्योतिष महासंघले इटहरीमा आयोजना गरेको सम्मेलनमा बोल्दै कार्कीले नेताहरूले बोले जसरी काम नगरेको भन्दै आलोचना खेप्नु परिरहेको बताए ।

‘नेता र ज्योतिष उस्तै हुन् । ज्योतिषले पनि बोलेको पूरा नभएमा उसको विश्वास गुम्छ । नेताको पनि उस्तै हो,’ कार्कीले भने ।

नेपाली कांग्रेसका नेता समेत रहेका कार्कीले ज्योतिष विज्ञानलाई नेपालमा अध्ययनको क्षेत्र बनाउन सकिने बताउँदै त्यसको नेतृत्व नेपालले लिएकोमा धन्यवाद ज्ञापन गरेका छन् ।

‘ज्ञानलाई कुनै पनि सिमानाले छेक्न सक्दैन,’ उनले भने, ‘ज्योतिष त्यस्तो विज्ञान हो, जसको विद्वतालाई कुनै पनि सिमानाले छेक्न सक्दैन ।’