काठमाण्डु– कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले बालबालिकाको निःशुल्क उपचारको माग गर्दै अनशन बस्ने चेतावनी दिएका छन् ।
एक साताअघि प्रदेशसभा बैठकमा उनले १० वर्षमुनिका बालबालिकाको उपचार खर्च व्यहोर्ने निर्णय गर्न सरकारलाई आग्रह गरेका थिए ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी अस्पतालमा हुने बालबालिकाको उपचारको खर्च तिर्न नसक्ने बताएका थिए ।
आइतबार मुख्यमन्त्री कार्कीलाई स्मरण पत्र पठाउँदै पूर्वमुख्यमन्त्री केदार कार्कीले ४८ घण्टाभित्र निःशुल्क उपचारको प्रक्रिया सुरु नगरे अनशन बस्ने घोषणा गरेका छन् । प्रदेशसभा सचिवालय परिसरमा अनशन बस्ने कार्कीको तयारी छ ।
प्रतिक्रिया