माग्ने बुढाले भनेः दिपा दिदीको जिब्रो चिप्लेको हो


काठमाडौं – हाँस्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ ले दिपाश्री निरौलाको पक्षमा आवाज उठाएका छन् । नायिका दीपाश्रीले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न सोझाएपछि उत्पन्न विवादबारे घिमिरेले दीपाश्रीको जिब्रो चिप्लिएको बताएका छन् ।

उनले दीपाले गल्ती गरेको र माफ पनि मागिसकेको अवस्थामा पुनः दीपामाथि गालीगलौजमा उत्रिनु उचित नभएको बताएका छन् ।

‘बिगत केही दिन देखि निरन्तर रुपमा निर्देशकर कलाकार दिपा दिदी माथि तल्लो स्तरका गाली गलौज् भईरहेका छन् । हो, दिदीको गल्ति थियो,माफि पनि मागी सक्नुभयो । म पनि महानायक राजेश दादासंग ब्यक्तिगत रुपमा माफि माग्दछु । कुन गल्तिको सजायँ कति भन्ने पनि त होलानि । छिमेकीको बच्चाले साग बारी कुल्चेछ, खुट्टा भांचेर पठाईदिनेत ? दिपा दिदीको पेटमा पाप छैन तर जिब्रो चिप्लेको चांहि पक्कै हो’, उनले भनेका छन् ।

केदारले चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर रिलिज भएपछि सुरुमै १२ सय प्रतिक्रिया नकारात्मक आउँदा आफू झन्डै दोश्रो पटक डिप्रेशनमा गएको पनि उल्लेख गरेका छन् ।

‘छक्का पन्जा’को टिमबाट आफूलाई निकाल्दा चलचित्रको अस्तित्व नै सकिने भनेर आएको प्रतिक्रियामा उनले लेखेका छन्, ‘हाम्रो टिममा सबै लेखक र निर्देशक छौं । आफू आफै पनि छुट्टाछुट्टै रुपमा चलचि बनाउन सक्छौ । तर, छुट्टाछुट्टै चलचित्र बनाउँदा चलचित्र कमजोर नबनोस्, दर्शक निराश भएर नफर्किउन् भनेर हामी एक आपसमा मिल्छौ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement