केदारनाथमा हेलिकोप्टर दुर्घटना, दुई पाइलटसहित ७ जनाको मृत्यु


एजेन्सी – भारतको उत्तराखण्डस्थित केदारनाथ नजिक हेलिकोप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

केदारनाथबाट दुई किलोमिटर टाढा गरुडचट्टी भन्ने स्थानमा दर्शनार्थी बोकेको हेलिकोप्टर दुर्घटना हुदा दुई पाइलटसहित ७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उत्तराखण्डका मुख्यमन्त्रीका प्रमुख सचिव अभिनव कुमारले हेलिकोप्टर दुर्घटनामा दुई पाइलटसहित सात जनाको मृत्यु भएको पुष्टि गरेका छन् । खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement