नायिका केकी अधिकारीलाई कोरोना संक्रमण


काठमाण्डु – नायिका केकी अधिकारीलाई कोरोना संक्रमण भएको छ । दोश्रो पटकको परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएपछि केकी यतिबेला होम आइसोलेसनमा बसेकी छन् ।

केकीलाई कोरोना पोजेटिभ देखिएपछि फिल्म ‘घिन्ताङ’को छायाँकन प्रभावित भएको छ । दिपक श्रेष्ठले निर्देशन गर्ने फिल्मको छायाँकन यही सोमबारबाट सुरु गर्ने तालिका थियो ।

तर केकीलाई कोरोना भएपछि फिल्मको छायाँकन रोकिएको हो । फिल्ममा केकीसँगै कलाकार गौरब पहारी मुख्य भूमिका रहेका छन्  ।

प्रतिक्रिया दिनुहोस
Advertisement