चलचित्र ‘झिङ्गेदाउ’मा केकी र मुकुनको जोडी पक्का


काठमाडौं – चलचित्र ‘झिङ्गेदाउ’मा अभिनेत्री केकी अधिकारी फाइनल भएकी छन् ।

निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने पक्का भएको यो चलचित्रमा ‘बुलबुल’बाट डेब्यू गरेका अभिनेता मुकुन भुसाल अभिनेताका रुपमा यस अघि नै फाइनल भैसकेका छन् ।

चलचित्र ‘छ माया छपक्कै’मा व्यस्त अभिनेत्री केकीले केही दिन अगाडिमात्र चलचित्रका लागि साइन गरेको निर्देशक देउजाले बताए ।

साहित्यकार भीमनिधि तिवारीको आख्यानमा आधारित भएर निर्माण हुने चलचित्रमा केकी र मुकुनले जोडी बाध्नेछन् । चलचित्रमा अन्य तीन जना मुख्य कलाकार पनि फाइनल भैसकेका छन् । तर निर्माण टोलीले उनीहरुको नाम सार्वजनिक गरेको छैन ।

कलाकार छनोटकै चरणमा रहेको चिलचित्र भदौदेखि छायांकनमा जाने तयारीमा छ । निर्देशक स्वयमको निर्माण रहने चलचित्रलाई सिन्धुली, खोटाङ, दोलखा र काठमाडौंमा खिचिने छ । कपनगढी सिनेमा प्रा.लिको व्यानरमा निर्माण हुने चलचित्रमा अर्जुन पोखरेलको संगीत र प्रदीप भारद्वाजको पटकथा र संवाद रहनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement