काठमाण्डु-भारतको केरल राज्यस्थित वायनाडमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २ सय नाघेको छ ।
वायनाडको चुरलमाला र मुडक्कई गाउँमा मङ्गलवार बिहान मुसलधारे वर्षासँगै आएको पहिरोमा परी हालसम्म २५६ जनाको मृत्यु भएको हो ।
केरलका मुख्यमन्त्री पिनाराई विजयनका अनुसार हालसम्म ३ हजार जनाको त्यस क्षेत्रबाट उद्धार गरिएको छ भने अझै पनि मानिसहरू पहिरोमा पुरिएको हुन सक्ने उनको भनाइ छ ।
अहिले पनि वर्षा भइरहेका कारण उद्धार कार्यमा समस्या भइरहेको उनको भनाइ छ । पहिरोका कारण चुरलमाला र मुडक्कई गाउँ पूर्ण रुपले उजाड बनेको छ । आफन्तहरू अझै आफ्नाको खोजीमा रहेका छन् ।
प्रतिक्रिया