पहिरो प्रभावित केरलामा उद्धार जारी

पहिरो प्रभावित केरलामा उद्धार जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-भारतको केरलामा गएको पहिरोको घटनापछि चलिरहेको उद्धार तथा राहत कार्य जारी छ । पानी पर्न रोकिए पनि अझै पहिरोको जोखिम रहेकाले हिजो उद्धारको काम रोकिएको थियो ।

आजदेखि फेरि काम शुरु गर्ने पहिरो प्रभावित क्षेत्र वायनाडको चुरलमालाका क्षेत्रीय फायर अफिसरलाई उद्धृत गर्दै बीबीसी हिन्दिले जनाएको छ ।

वायनाडमा हिजो बिहान पहिरो खस्दा अहिलेसम्म १२१ भन्दा बढीको मृत्यु भएको छ भने सय जनाभन्दा धेरै घाइते भएका छन् । धेरै घरहरू बगाउँदा झण्डै ८ सय जना फसेकामा ७ सय जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

ठूलो पानी परेपछि खसेको पहिरोको घटनालाई लिएर वायनाड र छिमेकी जिल्लामा उच्च सतर्कता कायम गरिएको छ । १४ मध्ये १० वटा जिल्लाका शैक्षिक संस्थाहरू बन्द गरिएका छन् । केरला सरकारले आज र भोलि दुई दिने शोकको घोषणा गरेको छ ।