पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गर्ने १ महिला पक्राउ


काठमाण्डु – पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गर्ने १ महिलालाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले पक्राउ गरेको छ ।

बाराको निजगढ नगरपालिका–४ घर भई हाल काठमाण्डुको तार्केश्वर नगरपालिका–८ बस्ने ४३ वर्षीया सुष्माकुमारी खड्कालाई पक्राउ गरिएको हो ।

राजु शाहीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु भनी ७ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

पोर्चुगल पुगेपछि होटलमा वेटरमा काम लगाइदिने र मासिक १ लाख २० हजार रुपैयाँभन्दा धेरै तलब हुने भनी विश्वास दिलाएर प्रलोभनमा पारी शाहीबाट पटक–पटक गरी ७ लाख ५० हजार रुपैयाँ लिई खड्का सम्पर्कविहीन भएकी थिइन् । घटनाबारे प्रहरीमा जानकारी आएपछि खोजतलास गर्ने क्रममा बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement