विरोध खतिवडाको आग्रहपछि पुरुषोत्तम खड्का रिहा


मकवानपुर – मकवानपुर–२ बाट गठबन्धनका उम्मेदवार विरोध खतिवडाको आग्रहमा प्रहरी हिरासतमा रहेका हेटौंडा–२ का पुरुषोत्तम खड्का रिहा भएका छन् ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार एकीकृत समाजवादी नेता खड्काले आफूलाई दुव्र्यवहार प्रयास गर्नेलाई छाडिदिन गरेको आग्रहअनुसार प्रहरीले उनलाई रिहा गरेको हो ।

पूर्वस्वास्थ्य तथा जनसख्यामन्त्री समेत रहेका खतिवडालाई मंगलबार मकवानपुरको मनहरी गाउँपालिका–४ मा चुनावी सभामा गएका बेला मादक पदार्थ सेवन गरेका खड्काले दुव्र्यबहार गरेका थिए ।

आफूलाई दुर्व्यवहार गरेपछि प्रहरीको नियन्त्रणमा रहेका खड्कालाई कुनै कारबाही नगरी रिहा गरिदिन उम्मेद्वार खतिवडाले बुधबार मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमलाई आग्रह गरेका थिए । खतिवडाको आग्रहबमोजिम आफन्तको जिम्मा लगाई खड्कालाई छाडिएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

खतिवडा २०४८, ०५१, ०५६ र ०७४ मा निर्वाचित भइसकेका सांसद हुन् । आफू गठबन्धनकातर्फबाट साझा उम्मेदवार रही अत्यधिक मतसहित जित्ने निश्चित देखिएपछि हारको मानसिकता बोकेकाले मादक पदार्थ खुवाएर पठाइएर आफूमाथि दुर्व्यवहार गराइएको खतिवडाको भनाइ छ ।

हारदेखि अत्तालिएकाबाट त्यस्तो गलत व्यवहार भए पनि आफूले त्यसलाई सामान्य रुपमा लिएर दुर्व्यवहार गर्नेलाई छाडिएको खतिवडाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement