नवनियुक्त गृहमन्त्रीको चेतावनीः भ्रष्टाचारको दुर्गन्ध भेटिए कम्प्रोमाइज हुँदैन


काठमाण्डु – नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले मन्त्रालयमा फाइल घुमाउने छुट कसैलाई नभएको बताएका छन् ।

बिहीबार पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मनत्री अधिकारीले मन्त्रालयमा फाइल घुमाएर राख्ने छुट नभएको बताएका हुन् ।

‘जनतालाई राहत दिन ढिला गर्नु हुँदैन । गृहबाट हने काममा अब फाइल घुमाउने छुट छैन,’ उनले भने ।

मन्त्री अधिकारीले गृह प्रशासनभित्र कहीँ पनि भ्रष्टाचारको गन्ध भेटे कुनै सम्झौता नगर्ने बताएका छन् ।

उनले भने, ‘शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा अब्बल देखिनुपर्दछ र हरेक कुरा पारदर्शी हुनुपर्छ । कहीँ कतै, कसैमा भ्रष्टाचारको दुर्गन्ध कहीँ भेटियो भने त्यसमा हाम्रो कम्प्रोमाइज हुँदैन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement