राष्ट्रिय खेलकुद : हाइजम्पमा आर्मीकी खगितालाई स्वर्ण


काठमाण्डु – पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको फिल्ड इभेन्ट हाइजम्प महिलातर्फ त्रिभुवन आर्मी क्लबकी खगिता सिञ्जालीमगरले स्वर्ण जितेकी छन् ।

पोखरा रङ्गशालामा आज सम्पन्न फाइनलमा एक मिटर ५२ सेन्टिमिटर जम्प गर्दै खगिताले स्वर्ण जितेकी हुन् । एक मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्मीकै विन्दु थनेतले रजत जितिन् र गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कास्य जितिन् । श्रेष्ठले एक मिटर ४१ सेन्टिमिटर जम्प गरिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement